समाज

आदिकवि भानु जयन्ती देशविदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७६ असार २९ गते ७:४१
आदिकवि भानु जयन्ती देशविदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती देशविदेशमा विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती हरेक वर्ष देश तथा विदेशमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ ।

आज काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभात फेरी कार्यक्रम गरिएको छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद सहितको रामायण प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको थियो । ‍

तत्कालिन राजा पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको थियो ।

विसं १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ”, भनी अर्ती उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्