समाज
प्रदेश २ मा बाढीमा ज्यान गुमाउनेका परिवारलाई ३ लाख राहत
२०७६ असार २८ गते ७:४४

धनुषाधाम । प्रदेश २ को सरकारले बाढीबाट मृत्यु भएकाको परिवारलाई तीन लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
प्रदेश २ मन्त्रिपरिषदको आज बसेको बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १०र१० लाख रुपैँया उप लब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।
बाढी पहिरोका कारण सबै राजमार्ग अवरुद्ध भएकाले राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको मन्त्री यादवले बताउनुभयो ।
प्रतिक्रिया