काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरो प्रभावित जिल्लामा विपद तथा विभिन्न रोगको महामारी निम्तन सक्ने भन्दै तयारी अवस्थामा रहन प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
प्रभावित जिल्लामा कुनै पनि बेला सम्भावित विपद तथा महामारी निम्तन सक्ने भन्दै तयारी अवस्थामा रहन मन्त्रालयले सबै प्रदेश सरकारलाई निर्देशन दिएको हो ।
प्रदेश सरकारलाई आवश्यक औषधि तथा उपकरण, सबै हव अस्पताललाई इमरजेन्सी मेडिकल टिम र जिल्लालाई द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राख्न निर्देशन दिएको मन्त्रायले जनाएको छ ।
औषधि खरिदका लागि बजेट प्रदेशमा गएकाले आवश्यक औषधि स्टकमा रहेको मन्त्रालयको दावी छ । लगातार परेको वर्षाका कारण हिजो जनकपुर र विराटनगर अस्पतालमा पानी पसेका कारण सेवा सन्चालन गर्न केही अप्ठ्यारो भएको थियो ।