समाज

शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि बाँके प्रहरीको यस्तो योजना

हिमालय टिभी
२०७६ असार २६ गते १०:३४
शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि बाँके प्रहरीको यस्तो योजना

बाँके । बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्ररणका लागि ११ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

हालै सरुवा भएर बाँके पुग्नु भएका वलीले नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने, प्रहरीले प्रदान गर्ने कामलाई व्यवसायिक, प्रभावकारी र पारदर्शी बनाउनेलगायतका प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।

जिल्लाको प्रमुख समस्याको रुपमा रहेको लागु औषध कारोबारका साथै सीमा क्षेत्रमा हुने अपराध र तस्करीलाई कडाईका साथ नियन्त्रण गरिने कार्ययोजनामा उल्लेख छ ।

प्रमुख वलीले सवारी दुर्घटना नियन्त्रणका लागि ट्राफिक सचेतना बढाउने तथा कानून कार्यान्वयनका लागि कुनै सौदाबाजी नहुने दावीसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्