समाज

विभिन्न कार्यक्रमसहित विश्व जनसंख्या दिवस मनाइँदै

हिमालय टिभी
२०७६ असार २६ गते ७:४१
विभिन्न कार्यक्रमसहित विश्व जनसंख्या दिवस मनाइँदै

काठमाडौं । विश्व जनसंख्या दिवस, आज नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसघको आहृवान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यसम्बन्धी संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् ।

किशोरावस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने र जनसंख्या व्यवस्थापन प्रभावित हुने भएकाले जनसंख्या दिवसमा किशोरावस्थामा हुने गर्भाधानमा जोड दिइएको छ । राष्ट्रसंघीय जनसंख्या कोषले १० देखि १९ बर्षका उमेर समूहकालाई किशोर किशोरीका रुपमा परिभाषित गरेको छ ।

विश्वमा दैनिक एक करोड ८० लाख युवती प्रजननका लागि सहभागी हुने भए पनि उनीहरूमा प्रजननबारे वास्तविक ज्ञानको अभाव देखिएको छ । विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसंख्यामा आफ्नो अधिक्तम स्थान राख्ने चीनले बढ्दो जनसंख्याको भयलाई बुझेर एक सन्तान प्रणाली लागू गरेको छ ।

यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई समेत आफ्नो व्यक्तिगत तथा पारीवारीक समय निकाल्न तथा बढ्दो वृद्धवृद्धाहरूको जनसंख्यासंग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति योजना बनाइरहेका छन्।

विश्व जनसङ्ख्या दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिनुभएको हो ।

ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै उनीहरुलाई सहभागिताको अवसर उपलब्ध गराउन सरकार सजग रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकतामा परेको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्