समय सन्दर्भ
अभिनेत्री शिल्पा श्रीमानबाट असुरक्षित भन्दै प्रहरी कार्यालय पुगिन्
२०७६ असार २५ गते ११:४३
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छवि ओझाविरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ ।
श्रीमान ओझाबाट आफू असुरक्षित रहेको भन्दै पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिनुभएको हो । अभिनेत्री पोखरेलले सुरक्षा माग्दै उजुरी दिएको र बुझ्ने क्रम चलिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।
नायिका शिल्पा पोखरेल चलचित्र निर्माता छविराज ओझाकी चौथो श्रीमती हुनुहुन्छ । पोखरेल र ओझाबीच २०७३ सालको दशैंमा बिहे भएपनि धेरैपछि मात्रै सार्वजनिक भएको थियो । ओझा र अभिनेत्री पोखरेलबीच पछिल्लो समय खटपट थियो ।
प्रतिक्रिया