समाज

विपक्षीको अवरोधका बिच संसद संचालन

हिमालय टिभी
२०७६ असार २५ गते १०:०८
विपक्षीको अवरोधका बिच संसद संचालन

काठमाडौं । विपक्षी दलहरुको अवरोधकाबीच प्रतिनिधिसभा बैठक बसेको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेस र राजपाले सर्लाही घट्नाका विषयमा संसदीय छानविन गर्न माग गर्दै उठेर विरोध गरेपनि सभामुख कृष्णबहादुर महराले बैठक चलाउनुभएको हो ।

कार्यव्यवस्था परामर्श समितिमा छलफल भए पनि सहमति नजुटेपछि बैठक सुरु भएको थियो र विपक्षी दलले उठेर विरोध जनाए । तर सभामुख महराले बैठक चलाउँदै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट पारित भएर आएका विधेयकबारे जानकारी गराउन अनुमति दिनुभयो । र, त्यसको विरोधमा विपक्षी दलले वेल घेराउ गरे ।

विपक्षीको विरोधका बिनच सचिव योगीले विधेयकबारे जानकारी गराएपछि बैठक भोलिसम्मका लागि स्थगित भयो ।विप्लव समूहका सर्लाही ईञ्चार्ज कुमार पौडेल र प्रदर्शनका क्रममा मारिएका सर्वसाधारण सत्यनारायण महतोको मृत्यूका विषयमा संसदीय समिति बनाएर छानविन गर्नुपर्ने कांग्रेस र राजपाको माग छ । हिजो पनि दुई दलले समिति बनाउन माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *