समाज

प्रदेश प्रहरी प्रमुखको नेतृत्व डीआईजीले गर्ने

हिमालय टिभी
२०७६ असार २५ गते १०:०५
प्रदेश प्रहरी प्रमुखको नेतृत्व डीआईजीले गर्ने

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) प्रदेश प्रहरी प्रमुख हुने भएका छन् ।

राज्य व्यवस्था समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको हो ।

यसअघि पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डर बनाएर पठाउँदा पदको नाम के राख्ने भन्ने चाँही टुंगो लागेको छैन ।

केहीले प्रदेश प्रहरी आयुक्त र केहीले प्रदेश प्रहरी प्रमुख भन्नुपर्ने सुझाव दिएका छन । सात प्रदेशमा सात डीआईजीसहित ५५ हजार प्रहरी समायोजन भएर जानेछन् । संघमा २० हजार मात्र रहनेछन् ।

संघबाट प्रदेशमा जाने प्रहरीको संघमा आउने बाटो भने खुलै रहनेछ । प्रदेशहरुले प्रहरी भर्ती गर्दै जाँदा ती पद स्वतः संघमा आउनेछन् । प्रदेश प्रहरीको प्रमुख भएर जाने डीआईजीसहित सबै प्रहरीले प्रदेश प्रहरीकै पोशाक र दर्ज्यानी चिन्ह लगाउनेछन् ।

प्रदेश प्रहरी प्रमुखको सरुवा संघले नै गर्ने विधेयकको व्यवस्थामा सहमति भएको छ । विधेयकका अन्य कतिपय दफामा भने सहमति हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्