समाज
मदन पुरस्कारका लागि सात कृति चयन
२०७६ असार २५ गते १०:०१
काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २ सय ५७ कृतिमध्ये ७ वटालाई छनोट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जानकारी दिनुभएको छ ।
छनोटमा परेका कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ छन् । त्यस्तै, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि उत्कृष्ट सातमा परेका छन् ।
यिनै कृतिमध्ये एकलाई ‘मदन पुरस्कार–२०७५’ बाट पुरस्कृत गरिनेछ । मदन पुरस्कार नेपाली साहित्यक क्षेत्रमा प्रतिष्ठित पुरस्कार मानिन्छ । यो पुरस्कारको राशी २ लाख रुपैयाँ छ ।
प्रतिक्रिया