अन्तर्वार्ता

राज्यले अवसर दिन नसकेपछि युवाहरु विदेश पलायन हुन्छन्ः शेषराज भट्टराई (भिडियोसहित)

हिमालय टिभी
२०७६ असार २५ गते ८:१२
राज्यले अवसर दिन नसकेपछि युवाहरु विदेश पलायन हुन्छन्ः शेषराज भट्टराई (भिडियोसहित)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा काठमाडौंमा बिहीबारबाट राजधानीमा बृहत शैक्षिक मेला हुँदैछ । चार दिने मेलामा भारत, चीन बंगलादेश, जापान फ्रान्स, बेलायत, न्युजिल्यान्ड, नर्वे, डेनमार्कलगायत देशका कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरु सहभागी हुनेछन् । विदेश पढ्न जान चाहने र शिक्षाका विभिन्न क्षेत्रबारे बुझ्न चाहनेहरुका लागि मेला उपयोगी हुने आयोजकको भनाइ छ,। मेला विदेश पढ्न जान चाहने विद्यार्थी र अभिभावकका लागि महत्वपूर्ण हुने नेपाल शैक्षिक परामर्श संघका महासचिव शेषराज भट्टराईले बताउनुभयो । मिमालय टेलिभिजनको बिहानी सम्वाद समय सन्दर्भमा कुरा गर्दै भट्टराईले नेपालमा विश्वस्तरीय शिक्षा आर्जनका लागि वातावरण नभएकाले विदेश पढ्न जान चाहनेका लागि परामर्श दिनु जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्