समाज

संवैधानिक निकायको काममा अवरोध नगर्न आग्रह

हिमालय टिभी
२०७६ असार २५ गते ८:०२
संवैधानिक निकायको काममा अवरोध नगर्न आग्रह

काठमाडौं । लोकसेवा आयोगले संवैधानिक निकायका काममा अवरोध नगर्न सरकार र संसद दुवैको ध्यानाकर्षण गरेको छ । ।

मधेशी आयोगले काठमाडौंमा गरेको कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संविधान अनुसार चल्ने लोकसेवा लगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए मात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको काममा सघाउ पुग्ने बताउनुभयो ।

उहाँले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग गर्नु रहेकाले उनीहरुको काममाथि अवरोध नगर्न ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष मैनालीले संघीय निजामती सेवा ऐन छलफलमा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसदलाई सुझाव दिनुभयो ।

आरक्षण सम्बन्धी कतिपय विषय स्पष्ट नभएकाले समावेशी कोटा निर्धारणमा आयोगलाई समेत समस्या पर्ने गरेको गुनासो गर्नुभयो । आरक्षणको उचित व्यवस्थाका लागि संघीय निजामती सेवा ऐनमा आवश्यक सुझाव दिन सम्बन्धित आयोगलाई पनि अध्यक्ष मैनालीको आग्रह छ ।

अध्यक्ष मैनालीले नेपालको संविधान समावेशीताका दृष्टिले उत्कृष्ट भन्दै कार्यान्वयनमा सबै पक्षको ध्यान जानुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *