समाज

प्रहरीमाथि गोली चलाएपछि भोजपुर घटनाः प्रहरी महानिरीक्षक खनाल

हिमालय टिभी
२०७६ असार २५ गते ७:५८
प्रहरीमाथि गोली चलाएपछि भोजपुर घटनाः प्रहरी महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा नेकपा विप्लवका कार्यकर्ताले प्रहरीमाथि नै गोली चलाएपछि जवाफी कारबाही गर्नु परेको दावी गर्नुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भोजपुर घटनाको बारेमा जानकारी दिँदै आइजीपी खनालले विप्लवका कार्यकर्ताले चलाएको गोली प्रहरी जवान सञ्जीव राईको छातीमा लागेको बताउनु भयो । हाट बजारको सुरक्षामा खटिएका प्रहरीमाथि विप्लव समूहका कार्यकर्ताले पहिला गोली चलाएको उहाँको दावी छ ।

साथै उहाँले घट्नामा अर्का एक जना प्रहरी जवान सोमनाथ भट्टराई पनि घाइते भएको बताउनु भयो ।

भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव कार्यकर्ताबीच भएको भिडन्तमा दुई जनाको ज्यान गएको थियो । घटनामा प्रहरी जवान घाइते भएका छन्। कुमको हड्डी भाँचिएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्