त्रिविका सहायक डिन पटेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्विद्यालयका सहायक डिन शम्भुप्रसाद पटेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक पटेलले कलेज सञ्चालन अनुमति रद्द हुन सक्छ भन्दै विभिन्न कलेजसँग बार्गेनिङ गर्ने गरेको अख्तियारको आरोप छ । पटेल ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए।
गत साता आफन्तलाई नियुक्त गर्न अंक घटबढ गरेको आरोपमा अख्तियारले शिक्षा सेवा आयोगका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
यस्तै सेवाग्राहीबाट लिएको घुस रकमसहित बाराको पचरौता नगरपालिका एक ईन्जिनियर सहित ३ जना कर्मचारी पक्राउ परेका छन् । अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले पचरौता नगरपालिकाका ईन्जिनियर रामप्रकाश सतरा, नायब सुब्बा बद्री बहादुर थापा र कार्यालय सहयोगी ध्रुब महतोलाई घुस सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया