आर्थिक
सरकारको लक्ष्य प्राप्त गर्न वित्तीय संस्थाहरुलाई राष्ट्रबैंकको यस्तो निर्देशन
२०७६ असार २४ गते १२:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्त हुने क्षेत्रमा मात्रै लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिनु भएको छ ।
काठमाडौंमा मंगलबार भएको कार्यक्रममा उहाँले बैंक तथा वित्तीय संस्थाहरुले रोजगारीको अवसर सिर्जना गर्ने तथा गरिवी निवारण हुने क्षेत्रमा पनि लगानी बढाउनुपर्ने बताउनुभयो ।
गभर्नर नेपालले निक्षेपकर्ताहरुको हितलाई नहेरी नेपाल राष्ट्र बैंकले ब्याजदर तोक्न नसक्ने स्पष्ट गर्नुभयो । उहाँले व्यापारीहरुले निक्षेपकर्ताहरुलाई मर्कामा पर्ने गरी ब्याजदर कायम राख्न दवाव दिन नमिल्ने बताउनुभयो ।
प्रतिक्रिया