आर्थिक

बृहत शैक्षिक मेलाको तयारी पूरा

हिमालय टिभी
२०७६ असार २४ गते ११:४८
बृहत शैक्षिक मेलाको तयारी पूरा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा काठमाडौंमा बिहीबार सुरु हुने बृहत शैक्षिक मेलाको तयारी पूरा भएको छ ।

चार दिने मेलामा भारत, चीन बंगलादेश, जापान फ्रान्स, बेलायत, न्युजिल्यान्ड, नर्वे, डेनमार्कलगायत देशका कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

विश्व ग्लोबल भिलेजको रुपमा परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरबारे जानकारी दिन मेला आयोजना गरिएको आयोजकले जनाएका छन् ।

तीन सय २६ स्टल रहने मेला करिब ५ लाख बढी विद्यार्थीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *