‘धर्ती माता’ धरौटीमा रिहा, आमाको हत्या गर्ने छोरीलाई थुनामा राख्न अनुमति

काठमाडौ । आफूलाई ‘धर्ती माता’ बताएर अरुलाई यातना दिने विष्णु कुँवर थुनामुक्त भएकी छन् ।
काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाए पनि दुवै मुद्दामा धरौटीमा छाड्ने आदेश भएको हो । मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १० हजार रुपैयाँ धरौटी मागेको छ ।
यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी सावित्री भट्टराई हत्या प्रकरणमा पक्राउ परेका चार जनालाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, भक्तपुरले भट्टराईकी छोरी ईश्वरी, उनका प्रेमी मोहम्मद नौसाद, कन्ट्याक्ट किलर भारतीय नागरिक अर्जुनकुमार भनिने भोला कुमार र मोहमद रइसलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रतिक्रिया