रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सहमति
काठमाडौ । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर सीए तुलसी कन्ट्रक्सन जेभीले पुनःनिर्माण गर्ने भएको छ।
बालगोपालेश्वर मन्दिर,, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्ने सहमतिपत्रमा पुनर्निर्माण प्राधिकरणका तर्फबाट पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
मन्दिर पूनर्निर्माण गर्न १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ लाग्नेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण हुने जानकारी दिनुभयो ।
रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र आफूहरुबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनर्निर्माणको काम गर्ने बताउनु भयो । तस्वीरः पुनर्निर्माण प्राधिकरण
प्रतिक्रिया