समाज

पत्रकार महासंघ र नेकपाबीच सहमति, महासंघको आन्दोलन फिर्ता

हिमालय टिभी
२०७६ असार २४ गते ११:१६
पत्रकार महासंघ र नेकपाबीच सहमति, महासंघको आन्दोलन फिर्ता

काठमाडौं । मिडिया काउन्सिल विधेयकको विरोध गर्दै आन्दोलन गरिरहेको नेपाल पत्रकार महासंघ र सत्तारुढ नेकपाबीच सहमति भएको छ ।

सत्तारुढ नेकपाले प्रेस स्वतन्त्रता विरोधी व्यवस्था हटाउने र पत्रकार महासंघले आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताको उपस्थितिमा सहमति भएको हो । नेकपा संसदीय दलले पत्रकार महासंघको माग अनुसार संसदबाटै सबै माग पुरा गर्ने लिखित पत्र दिएको र सहमति भएको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

महासंघले सहमति अनुसार विज्ञप्ति निकालेर सरकारविरुद्ध गरिरहेको आन्दोलन फिर्ता लिएको घोषणा गर्ने तयारी गरिरहेको छ । १० लाख रुपैयाँ जरिवानालगायतका व्यवस्थाको विरोध गर्दै महासंघले सरकार विरुद्ध आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्