अन्तर्वार्ता

विषादी जाँच रोक्नु नागरिक स्वास्थ्यमाथिको गैरजिम्मेवार निर्णयः विष्णु तिमिल्सेना (भिडियोसहित)

हिमालय टिभी
२०७६ असार २४ गते ८:१३
विषादी जाँच रोक्नु नागरिक स्वास्थ्यमाथिको गैरजिम्मेवार निर्णयः विष्णु तिमिल्सेना (भिडियोसहित)

नेपालको संविधानले हरेक नेपालीको खाद्य सुरक्षालाई मौलिक हकका रुपमा राखेको छ । खाद्य असुरक्षाका कारण स्वास्थ्यमा तलमाथि भए क्षतिपुर्तिको समेत व्यवस्था गरेको छ । तर, देशभित्रैको उत्पादन र बाहिरबाट आयात गरिने खाद्यान्न तथा तरकारी र फलफूलजन्य उत्पादनमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषादी हुने गरेको छ।

त्यसमा पनि सबैभन्दा बढी विषादी भारतीय बाटो भएर आउने तरकारी तथा फलफूलमा प्रयोग भएको पाइएपछि सरकारले सीमा नाकामा परीक्षण गरेर मात्र भित्राउने निर्णय गरेको थियो । सरकारको यस्तो निर्णयसँगै भारतीय दवाबमा परीक्षण स्थगित गर्ने निर्णय भएपछि सरोकारवालाहरु आक्रोशित भएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णु तिमिल्सेनाले सरकारको निर्णयलाई जनताको स्वास्थ्यमाथि गैरजिम्मेवार निर्णय भएको बताउनु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्