समाज

विषादी परीक्षण रोक्ने सरकारी निर्णयप्रति मानवअधिकार आयोगको चासो

हिमालय टिभी
२०७६ असार २३ गते १२:३१
विषादी परीक्षण रोक्ने सरकारी निर्णयप्रति मानवअधिकार आयोगको चासो

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले पनि विषादी परीक्षण रोक्ने सरकारी निर्णयप्रति चासो व्यक्त गरेको छ ।

आयोगले आज विज्ञप्ती जारी गर्दै उपभोक्ताको गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले आयातित र मुलुकभित्रै उत्पादन हुने तरकारीलगायतका खाद्य वस्तुमा जथाभावी भइरहेको विषादी प्रयोगलाई निरुत्साहित गर्ने तथा विषादीका कारण सिर्जना हुने मानवीय र वातावरणीय क्षति रोक्ने दायित्व सरकारको भएको स्मरण गराएको छ ।

नेपालमा विभिन्न समयमा गरेको अनुगमन, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट भएको अध्ययन अनुसन्धानबाट पनि नेपालमा उत्पादन हुने र आयत हुने तरकारी एवं फलफूलमा विषादीको मात्रा र अवस्था जाँच नहुने गरेको पाइएको आयोगले जनाएको छ ।

मानवअधिकारलाई मौलिक हकको रुपमा संवैधानिक संरक्षण प्रदान गरी नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु सेवा पाउने हक हुने एवम् गुणस्तरीय वस्तु र सेवाबाट कसैलाई हानी पुगेमा क्षतिपूूर्ति पाउने हकको सुनिश्चतता गरेको पनि आयोगले स्मरण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्