मौद्रिक नीतिका लागि उद्योगी व्यवसायीले दिए सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शले बढ्दो व्यापार घाटा न्यून तथा व्यवसायिक वातावरण निर्माण गर्ने खालको नीति ल्याउन सुझाव दिएका छन् ।
बजार व्याजदरलाई एक अंकमा सीमित गर्नेगरी मौद्रिक नीतिमार्फत विशेष व्यवस्था गर्न राष्ट्र बैंकलाई ती संस्थाको सुझाव छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगधन्दाका लागि २ प्रतिशत व्याजदरमा कर्जा प्रवाह हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक विकासका लागि भारतबाट आयात हुने वस्तुको दायरा बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिनुभयो ।
सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका सम्बन्धमा आयोजना गरेको अन्तरक्रियामा बैंकर अनलराज भट्टराईले नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपालीहरुले पनि विदेशमै रहेर नेपालमा बैंकिङ कारोबार गर्ने व्यवस्था हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गर्नु भयो ।
प्रतिक्रिया