समाज

पर्सामा दर्जनौं ओभरहेड ट्याङ्की प्रयोगविहीन

हिमालय टिभी
२०७६ असार २३ गते ११:२१
पर्सामा दर्जनौं ओभरहेड ट्याङ्की प्रयोगविहीन

पर्सा । पर्सामा खानेपानी आपुर्तिका लागि बनाइएका दर्जनौ‌ ओभरहेड ट्याङ्की उपयोगविहीन बनेका छन् । निर्माण भएको दशकौ‌‌सम्म पनि ट्याङ्की संचालन नहुँदा राज्यको करोडौ‌ रकम खेर गएको छ । ट्याङ्की मर्मत संभारमा भने हरेक वर्ष लाखौ‌ रकम खर्च भइरहेको छ ।

पर्साको दोश्रो ठुलो बजार पोखरियामा २०५० सालमा खानेपानीका लागि ओभरहेड टयांकी निर्माण भयो । बजारमा पानी वितरणका लागि पाइप ओच्छयाइयो । तर निर्माणको २६ वर्षसम्म पनि यो पानी टंयाङ्की संचालनमा आएको छैन ।

पर्साको पोखरिया, भिषूवा, झौवा गुठी, अलौ, विन्दवासीनी, परशुरामपुर बहुअर्वाभाठामा ओभरहेड ट्याङ्की बनेका छन् । तर कुनै पनि ट्याङ्की संचालनमा छैनन् । यी ट्याङकी हरेक वर्ष मर्मत गरिँदै आएको छ । सरकारी निकाय भने ट्याङकी संचालनमा आउन नसक्नुमा उल्टै स्थानीयलाई दोष दिइरहेका छन् ।

प्रति ट्याङ्की निर्माणमा एक करोडसम्म लागत परेको छ । मर्मत संभारमा पनि लाखौं रुपैयाँ खर्च भइरहेको छ । ट्याङकी संचालन नहुँदा पहिले ओच्छयाएका पाइपको अहिले नामोनिशान छैन । यस्तो अवस्थामा नयाँ ट्याङकी बनाउने क्रम भने रोकिएको छैन ।

चालु आर्थिक वर्षमा जिल्लाको सुवर्णपुर, सोलखपुर ,बढनीहार, मनवा, रंगपुर र सोनवर्षामा टंयाङ्की बनिरहेको छ । नागरिकको माग सिंचाई छ तर सरकारले धमाधम पानी टंयाङ्की बनाएको छ ।

नागरिकलाई स्वच्छ पिउने पानी वितरण गर्ने सरकारी नीति पर्सामा भने कार्यान्वयनमा आउन सकेको छैन । राज्यको करोडौ‌ रुपैयाँ लगानी भएको छ तर स्थानीयले कुनै प्रतिफल पाएका छैनन् । नागरिकको आवस्यकता एकातिर छ राज्यले अर्कोतिर लगानी गरिरहेको छ । अनि बनेका संरचना संचालनमा ल्याउन पनि कुनै ध्यान दिएको छैन । केसी लामिछाने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्