खेलकूद
सिलवाल राखेपको सदस्य सचिव नियुक्त
२०७६ असार २३ गते १०:३४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुनु भएको छ।
आजै नेपाल भलिबल संघको बोर्ड सदस्य बनाएर युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सिलवाललाई राखेप सदस्य सचिवको जिम्मेवारी दिनु भएको हो ।
सदस्य सचिवका लागि राखेपअन्तर्गतको खेल संघको प्रतिनिधि हुनुपर्ने व्यवस्था अनुसार भलिबल संघको कार्यसम्पादन समितिको बैठकले सिलवाललाई राखेप बोर्ड सदस्य नियुक्त गर्न मन्त्रीलाई सिफारिस गरेको थियो ।
शिक्षा व्यवसायी समेत रहेका सिलवाललाई युवा तथा खेलकुद मन्त्री विश्वकर्माले पद तथा गोपनीयताको शपथ गराउनुभयो । नव नियुक्त सदस्य सचिव सिलवालले आजै चार वर्षका लागि पदभार ग्रहण गर्नु भएको छ। सिलवाल राखेपका १८ औं सदस्य सचिव हुन ।
प्रतिक्रिया