समाज

उत्पादनशील क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थासँग राष्ट्रपति भण्डारीको आग्रह

हिमालय टिभी
२०७६ असार २३ गते ८:५१
उत्पादनशील क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थासँग राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उत्पादनशील क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्नु भएको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय भवनको बालुवाटारमा शिलान्यास गर्दै राष्ट्रपति भण्डारीले उत्पादनशील क्षेत्रमा लगानी बढाए मात्रै मुलुक समृद्ध हुने बताउनुभयो ।

वित्तीय संघसंस्थालाई मुलुकको आर्थिक वृद्धि गर्न र वित्तीय अनुशासन कायम गर्न नेपाल राष्ट्र बैंकले आवश्यक अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने पनि राष्ट्रपतिको अपेक्षा छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थालाई जनताप्रति उत्तरदायी बनाउने गरी काम अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकको आर्थिक विकासका लागि कृषि, उर्जा र पर्यटन क्षेत्रमा लगानी बढाइएको पनि उहाँले बताउनु भयो ।

साढे ६१ रोपनी क्षेत्रफलमा २ अर्ब ८ करोडको लागतमा बन्ने भवन चार तलाको हुने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिनुभयो । भवन २०७८ साल भदौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्