समाज

प्रदेश प्रहरी प्रमुख नियुक्तिमा सत्तापक्ष र विपक्ष सांसदको मत बाँझियो

हिमालय टिभी
२०७६ असार २३ गते ८:०१
प्रदेश प्रहरी प्रमुख नियुक्तिमा सत्तापक्ष र विपक्ष सांसदको मत बाँझियो

काठमाडौं । प्रदेश प्रहरी प्रमुख कसलाई बनाउने भन्नेमा सत्तारुढ दल नेकपा र विपक्षी दल काँग्रेसका सांसदहरुको मत बाँझिएको छ ।

सत्तारुढ नेकपाका नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउन प्रस्ताव गर्नुभएको छ । तर, काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा असहमति जनाउनु भएको छ ।

सोमवारको संसदीय समितिको बैठकमा मुलुक संघीयतामा गएकाले प्रमुख बाहेक प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने नेता जनार्दन शर्माको तर्क छ । नेता बडुले प्रदेश प्रमुख बाहेकका अन्य पदहरुमा भने प्रदेश प्रहरीले नियुक्ती गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफल जारी छ ।

समितिमा पेश गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्