राजनीति
विप्लव समूहमाथि कठोर कारबाहीको तयारीः गृहमन्त्री थापा
२०७६ असार २२ गते १३:०८

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको विप्लव समूहमाथि थप कठोर कारवाही गर्ने संकेत गर्नुभएको छ ।
गृहमन्त्री थापाले विप्लव समूहबाट सामाजिक सद्भाव र सुरक्षामा खलल पु¥याउन काम हुन थालेको भन्दै योजनावद्ध रुपमा कारवाही गर्ने चेतावनी दिनुभयो ।
आज जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा प्रहरी सहायक निरीक्षकको दीक्षान्त समारोहमा पुगेका गृहमन्त्री थापाले प्रहरीका क्रियाकलापले पीडितले न्याय पाउने सुनिश्चिता हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया