समाज
सरकारविरुद्ध नेविसंघ उत्रियो सडकमा
२०७६ असार २२ गते ९:१२

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।
भारत र तेस्रो देशबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेको भन्दै सरकारविरुद्ध उसले प्रदर्शन गरेको हो ।
सरकारले पटक पटक राष्ट्घाती निर्णय गरेको भन्दै नेविसंघले ती निर्णयको विरोधमा भोलिदेखि ७७ वटै जिल्लामा प्रदर्शन गर्ने चेतावनी दिएको छ ।
सरकारले भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै सरकारको आलोचना गरेको छ । सरकारले जनताको पक्षमा निर्णय गरे पनि भारतसामू घुँटा टेकेको आरोप नेविसंघको छ ।
प्रतिक्रिया