विषादी परीक्षणको व्यवस्था गर्न चार अर्ब खर्च र एक वर्ष समय लाग्ने
काठमाडौं । भारतबाट आयात हुने तरकारी र फलफूलको सीमा नाकामा विषादी परीक्षण गर्ने व्यवस्था गर्न एक वर्ष लाग्ने भएको छ ।
राष्ट्रियसभाको आइतबारको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले भारतलगायतका मुलुकबाट आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा १ बर्ष लाग्ने जानकारी दिनुभयो ।
मन्त्री खनालले एकीकृत र प्रविधियुक्त परीक्षण सुरु गर्न ४ अर्ब रुपैयाँ चाहिने जानकारी पनि दिनुभयो । परीक्षण रोक्न बाणिज्यले गरेको प्रस्ताव पास भएपछि कार्यान्वयन गुर्नपर्ने बाध्यता आएको मन्त्री खनालको भनाइ छ ।
असार २ गते राजपत्रमा सूचना प्रकाशन गरेर सरकारले आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण सुरु गरेको थियो । तर, भारतीय दवाबपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि यो निर्णय स्थगन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया