समाज
सरकार भूमिसम्बन्धी कानुन एकीकृत गर्ने तयारीमा
२०७६ असार २२ गते ७:५६
काठमाडौं । सरकारले भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न थालेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले गुठी, सुकुम्बासी, बाढी पीडित, अव्यवस्थित बसोबासलगायतका समस्या समाधानका लागि भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न लागिएको जानकारी दिनु भएको हो ।
मन्त्री अर्यालले भूमिहीनहरुको समस्या तत्काल समाधान हुनेगरी सरकारले आफ्नो कामलाई अघि बढाउने प्रतिवद्धता पनि दोहोर्याउनु भयो ।
बैठकमा समितिका सदस्यहरूले बाढी पीडितलाई समेत जग्गाको उचित व्यवस्था गर्न नसकेको, कतिपय मुक्त हलिया, कमैयाहरुलाई जग्गाको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाए ।
उनीहरुले मुक्त कमैयाहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई जग्गाको उचित व्यवस्था गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया