समाज
बाढीले बगाउँदा सिन्धुपाल्चोकमा दुई जना बेपत्ता, दुई घाइते
२०७६ असार २२ गते ७:५३
चौतारा । गएरातिको वर्षापछि आएको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा २ जना बेपत्ता भएका छन् ।
मार्मिङ खोलामा आएको बाढीले बगाउँदा शिवश्री हाइड्रो पावरमा कार्यरत साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिनुभयो । घाइते दुई जनालाई भने उद्धार गरी काठमाडौं ल्याइएको छ ।
यस्तै गएराति नै भोटेकोशी नदीमा आएको बाढीले चारवटा हाइड्रो पावरमा क्षति गरेकोे छ । बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, शुभश्री र चाकुखोला हाइड्रोपावरमा क्षति गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया