आर्थिक

इन्डोनेसियाली बाटिकद्वारा निर्मित पहिरनहरुको प्रदर्शनी काठमाडौंमा

हिमालय टिभी
२०७६ असार २० गते १२:१४
इन्डोनेसियाली बाटिकद्वारा निर्मित पहिरनहरुको प्रदर्शनी काठमाडौंमा

काठमाडौं । इन्डोनेसियाली बाटिकद्वारा निर्मित पहिरनहरुको प्रदर्शनीका लागि काठमाडौंमा बाटिक मेला सुरू भएको छ ।

दरबारमार्गस्थित होटल अन्नपूर्णमा मेला आयोजना गरिएको मेला नेपालका लागि इन्डोनेसियाली राजदूत रिनो पि सोएमामो र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

ढकालले दुई देशबीच साँस्कृतिक समानताहरुलाई जनस्तरमा पुर्याउका लागि यस्ता साँस्कृतिक आदानप्रदानका कार्यक्रमहरु जारी राखिने बताउनुभयो ।

यस्ता कार्यक्रमबाट आगामी दिनमा नेपालमा इन्डोनेसियाली लगानी भित्र्याउन मद्दत पुग्ने उहाँको भनाइ छ । उहाँले पछिल्लो समयमा यी दुई देशका नागरिक एक अर्को देशमा पर्यटकका रुपमा भित्रिने संख्यामा उल्लेख्य वृद्धि भएको र यसले आगामी दिनमा नेपालमा इन्डोनेसियाली लगानी आकर्षित गर्न पद्दत पुग्ने बताउनुभयो ।

नेपालका लागि इन्डोनेसियाली राजदूत सोएमर्मोले इन्डोनेसिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गर्नुभयो । उद्घाटन कार्यक्रममा इन्डोनेसियाको कला र संस्कृति झल्किने खालका विविध साँस्कृतिक कार्यक्रम तथा इन्डोनेसियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन शो पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *