आर्थिक

किसानलाई कर्जा दिन सिद्धार्थ बैंक र युके एड सक्षम एक्सेस टु फाइनान्सबीच सम्झौता

हिमालय टिभी
२०७६ असार २० गते १२:००
किसानलाई कर्जा दिन सिद्धार्थ बैंक र युके एड सक्षम एक्सेस टु फाइनान्सबीच सम्झौता

काठमाडौं । लघु एवम साना उद्यमीको प्रवर्द्धनका लागि सहज रुपमा कर्जा उपलब्ध गराउन भन्दै सिद्धार्थ बैंक र युके एड सक्षम एक्सेस टु फाइनान्सबीच सम्झौता भएको छ ।

काठमाडौमा एक कार्यक्रमका बिच सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र यु के एड सक्षम एक्सेस टु फाइनान्सका टोली प्रमुख निर्मल दाहालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

मुख्यगरी कृषिमा आधारित उद्यमीहरुलाई सहज र सरल रुपमा कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । यसका लागि सिद्धार्थ बैंकका मुलुकभर रहेका आफ्ना १ सय ५६ शाखामार्फत लघु, साना एवम मझौला उद्योगहरुका लागि वित्तीय सेवा उपलब्ध गराउनेछ ।

सम्झौतापश्चात लक्षित वर्गलाई बैकिङ पहुँचसम्म ल्याउन र वित्तीय साक्षरता प्रदान गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । कार्यक्रमअन्तर्गत २२ सय जनालाई उद्यमशील बनाउने र त्यसमा लागि ६ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने सिद्धार्थ बैंकले जनाएको छ ।

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषिमा आधारित साना, लघु एवं मझौता उद्योगको उत्थानमा नयाँ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *