ब्ल्याकमेल गरेर रकम असुल गरेको अभियोगमा मुद्दा दायर
२०७६ असार २० गते ११:५२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेन गरेको आरोपमा दाङका एक प्रहरी हवल्दारसहित २ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
्अख्तियारले प्रहरी हवल्दार सिंह र दाङ्गका सुनिल न्यौपानेसँग जनही एक लाख पाँच हजार दुई सय रुपैयाँ विगो माग गरी विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंह र दाङका सुनिल न्यौपाने छन् ।
न्यौपानेले चलाएको मोटरसाइकलको कागजात नभएपछि हवल्दार सिंहले उनलाई २ सय रुपैयाँ जरिवाना गरेका थिए । न्यौपानले त्यसको भिडियो बनाएर पत्रिकामा समचार लेखिदिने भन्दै सिंहसँग ब्ल्याकमेल गरेर घुस लिएको अख्तियारको दावी छ ।
प्रतिक्रिया