समितिको निर्देशनमा भएको गल्ती स्वीकार गर्न दबाव

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुले स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि लोकसेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती स्वीकार गर्न सभापति शशी श्रेष्ठलाई दबाब दिएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विजय सुब्बाले शुक्रबार समितिको बैठकमा लोकसेवा आयोगले खुलाएको यो विज्ञापनमा भएको प्रावधानबारे जानकारी नै नलिइ निर्देशन दिएको बताउँदै गल्ती स्वीकार गरेर अघि बढ्न समितिका सभापति श्रेष्ठलाई आग्रह गर्नुभयो ।
बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले लोकसेवा आयोगले हालसम्म खुलाएको खुला र समावेशी कोटाबारे जानकारी लिनुपर्ने बताउनु भएको थियो ।
सांसद बडुले लोकसेवा आयोगले खुलाएको विज्ञापन समावेशी भए नभएको पुनः आयोगसँग बुझ्नुपर्ने पनि बताउनुभयो । बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि सो सम्बन्धमा लोकसेवा आयोगसँग पुनः छलफल गर्ने बताउनु भएको थियो ।
प्रतिक्रिया