समाज

भूमिहीन र पछडिएका वर्गको हितमा पाँच योजनाः मन्त्री अर्याल

हिमालय टिभी
२०७६ असार २० गते ७:३४
भूमिहीन र पछडिएका वर्गको हितमा पाँच योजनाः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी ५ वटा विषयलाई विशेष प्राथमिकतामा राखेर सरकारले कार्यक्रम र योजना बनाएको बताउनुभएको छ ।

्राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले १५ औ योजना अनुसार नै कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेको बतानुभएको हो ।

उहाँले भुमिहीन सुकुम्बारी, दलित, मुक्तकमैया, हलिया लगायत पिछडिएका र सिमान्तकृत वर्गको भूमि र भूमि स्रोतमा पहुँच पुराउने गरी कार्यक्रम ल्याइएको बताउनुभयो ।

सरकारी सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण सम्बर्द्धन र विकास गर्ने तथा आधुनिक प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसाथ मन्त्रालय अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भूमिहीन दलितलाई संविधान अनुरुप जग्गा उपलब्ध गराउने काममा सरकार लागिपरेको दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *