समाज
घुस लिएको आरोपमा वडाध्यक्ष बरैमाथि मुद्दा दायर
२०७६ असार १९ गते १२:०८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।
वडाध्यक्ष बरैले सेवाग्राहीसँग २ लाख ७५ हजार घुस लिएको अभियोगमा अख्तियारले आज विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
वडाअध्यक्ष बरैले सांसद विकास कोषबाट प्राप्त रकमबाट विद्यालयको कम्पाउण्ड वाल बनाउन गठन गरिने उपभोक्ता समितिको अध्यक्ष बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया