समाज

सुरु भयो कमल पोखरी पुनर्निर्माण

हिमालय टिभी
२०७६ असार १९ गते ११:५४
सुरु भयो कमल पोखरी पुनर्निर्माण

काठमाडौं । काठमाडौंको मुटुमा रहेको कमल पोखरीको पुनर्निर्माण सुरु भएको छ ।

एक कार्यक्रममा बिच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पोखरी पुनर्निर्माण शिलान्याश गर्नुभयो । मेयर शाक्यले पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गर्नु भयो । उहाँले एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई पनि सचेत गराउनुभयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले आवश्यक सबै खालको सहयोग उपलब्ध गराउने मेयर शाक्यको प्रतिवद्धता छ ।

नेपालीका काँग्रेस नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले पोखरी पुनर्निर्माणको काम समयमै सम्पन्न गर्न आवश्यक सक्रियता बढाउन स्थानीयसँग आग्रह गर्नु भयो । उहाँले समयमै काम नगरे निर्माण कम्पनीलाई कार्वाही गर्ने उहाँले चेतावनी पनि दिनुभयो । पोखरी निर्माणका लागि निर्माण कम्पनीलाई सबैले सहयोग गर्ने पनि नेता थापाले बताउनु भयो ।

पोखरी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । महानगरका अनुसार अब कमलपोखरी, पोखरीको वरिपरि ठूल्ठूला ढुंगाले छापिएको सिंढी बनाइनेछ । पार्क अपाङ्गमैत्री बनाइने छ । पोखरीको चारै कुनामा कमल रोप्न स–साना पोखरी हुनेछन् भने आगन्तुकलाई बस्न चौतारा पनि बनाइनेछ ।

व्यायाम गर्ने ठाउँ, व्याटमिन्टन र बास्केटबल खेल्ने ठाउँसमेत निर्माण गरिने महानगरपालिकाले जानकारी दिएको छ । महानगरका अनुसार पूर्वतिर मुलगेट हुने पोखरी प्रवेश गर्न ३ वटा प्रवेश द्वार बनाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्