आर्थिक
सानिमा इन्स्योरेन्सको घातक रोग रक्षावरण योजना सार्वजनिक
२०७६ असार १९ गते १०:०९

काठमाडौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सानिमा घातक रोग रक्षावरण योजना सार्वजनिक गरेको छ ।
गैर आवासीय नेपाली समूहले प्रवर्द्धन गरेको सानिमा इन्स्योरेन्सले काठमाडौमा कार्यक्रम गरी ११ वटा घातक रोगको स्वास्थ्य सुरक्षा बीमा योजना ल्याएको हो ।
रक्षावरण गरिएका कार्यक्रममा कडा प्रकृतिका क्यान्सर, निरन्तर डायलसिसको आवश्यकता पर्ने मृगौलाको विफलता, बोन म्यारो प्रत्यारोपण, ओपन हर्ट सर्जरी, कडा प्रकृतिको प्रथम हृदयाघात लगायत ११ वटा रोग छन् ।
वीमित घातक रोगबाट पीडित भएको प्रमाणित भएमा कम्पनीको नियम अनुसार पचास हजारदेखि पचास लाखसम्मको बीमा सुविधा एकमुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया