आर्थिक

गैससलाई जवाफदेही बनाउन अनुमित लिएर काम गर्ने व्यवस्थाः अर्थमन्त्री खतिवडा

हिमालय टिभी
२०७६ असार १९ गते १०:०३
गैससलाई जवाफदेही बनाउन अनुमित लिएर काम गर्ने व्यवस्थाः अर्थमन्त्री खतिवडा

काठमाडौ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थालाई जवाफदेही बनाउन अनुमति लिएर काम गर्ने व्यवस्था गरेको प्रष्ट पार्नुभएको छ ।

‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशिया’ विषयको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले गैरसरकारी संस्थालाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको बताउनुभयो । उहाँले संघीयता सफल बनाउन तीनै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्यान्वयनमा लैजान निजी क्षेत्र र गैरसरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने बताउनु भयो ।

दुई दिनसम्म चल्ने सम्मेलनले दक्षिण एसियाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउ पु¥याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *