अमेरिका: वर्षको अन्त्यसम्ममा जनरल केलीले जागिर छाड्ने
वासिंगटन, २३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ‘चिफ अफ स्टाफ’ जनरल जन केलीले यो वर्षको अन्त्यसम्ममा जागिर छाड्ने बताएका छन् ।
ट्रम्पले सन् २०१७ को जुलाई अन्त्यमा राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउँमा नियुक्त गरेका थिए । अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जर्नेल केलीसँग ट्रम्पको सम्बन्ध पछिल्लो समय बिग्रिएको खबरहरू आएका छन् ।
ट्रम्पले केलीलाई विस्थापित गर्ने व्यक्ति अबको दुई दिनभित्र टुङ्गाे लाग्ने बताए । चिफ अफ स्टाफको भूमिकामा उपराष्ट्रपति माइक पेन्सका चिफ अफ स्टाफ निक ऐयर्स आउने सम्भावना छ ।
ट्रम्पले केली दुईवटा पदमा गरी झण्डै दुई वर्षसम्म आफूसँगै रहेको भन्दै उनको सेवाको आफूले धेरै प्रशंसा गर्ने बताएका छन् । ट्रम्पको प्रशासनमा ह्वाइट हाउसबाट २८ जनाले राजीनामा दिएका छन् ।
प्रतिक्रिया