समय सन्दर्भ

हेरुका र निरंजली लामा फिचर्ड वीरेन्द्र गुरुङकाे “ज्यानै दिन्छु” सार्वजनिक (भिडियो)

हिमालय टिभी
२०७५ मंसिर २३ गते १३:४३
हेरुका र निरंजली लामा फिचर्ड वीरेन्द्र गुरुङकाे “ज्यानै दिन्छु” सार्वजनिक (भिडियो)

काठमाडौं, २३ मंसिर । लोकप्रिय गीत ‘हरेक साँझ’पछि वीरेन्द्र गुरुङकाे नयाँ गीत ”ज्यानै दिन्छु”को भिडियाे सार्वजनिक भएको छ । नेपालकै वरिष्ठ सेलो गीतकार गोपाल गोलेको शब्द र गायक वीरेन्द्र गुरुङको स्वर र संगीतमा नयाँ गीत ”ज्यानै दिन्छु” को भिडियो सार्वजनिक गरिएको हो ।

नर्बु शेर्पाको संगीत संयोजन रहेको ”ज्यानै दिन्छु”को भिडियोमा हेरुका लामा र निरंजली लामालाई फिचर्ड गरिएको छ । अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् । मण्डली फिल्मले निर्माण गरेको ”ज्यानै दिन्छु’को म्युजिक भिडियोलाई शुक्रबार युटुवमार्फत हाइलाइट नेपालको युट्युब सार्वजनिक भएको हाे ।

कामको सिलसिलामा लामो समयदेखि विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतमा अनवरत लागेका गीतकार गोलेका धेरै गीतहरू यसअघि रुचाइएका छन् । भने गायक गुरुङ पनि आधुनिक तथा सेलोगीतमा धादिंगकै कहलिएका गायक हुन् । केही महिना पहिला मात्र अमेरिका निवासी गीतकार सुरेश सेन सिम्खडाको शब्दमा ‘हरेक साँझ’ ल्याएका गायक गुरुङको उक्त गीतलाई पनि दर्शकहरूले मन पराएका थिए ।

२०५७ मा पहिलो सांगीतिक एल्बम ‘प्रित’ बजारमा ल्याएर औपचारिक रूपमा नेपाली सांगीतिक बजारमा छाएका वीरेन्द्रले त्यसपछि २०६२ मा ‘रित’ र २०६४ मा ‘गहन’ गरी ३ वटा एल्बमहरू ल्याइसकेका छन् । तेश्रो एल्बमपछि विभिन यूरोपियन देशहरू बेल्जियम, पोर्चुगल, फ्रान्स, लगायतमा आफ्नो सांगीतिक यात्रा तय गरिसकेका वीरेन्द्र नेपालका चर्चित भिडियो निर्देशकहरू आलोक नेम्वांग, विजय लामासँग काम गरिसकेका छन् ।

तीनवटा सांगीतिक एल्बम र धेरै सिंगल गीतसहित करिब ४ दर्जन गीतहरू बजारमा ल्याइसकेका गायक गुरुङ छिट्टै नै पुन: यूरोपियन देशहरूमा सांगीतिक कन्सर्टको लागि जाने तयारीमा छन् । धादिङको कटुन्जे स्थायी घर भएका गुरुङ गीत संगीतको अलावा राजधानीमा २ वटा होटेलहरूको व्यवस्थापकको रूपमा पनि सक्रिय छन् ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *