आर्थिक

काठमाडौं–जनकपुर साईकल यात्रा सुरु

हिमालय टिभी
२०७५ मंसिर २३ गते १३:४१
काठमाडौं–जनकपुर साईकल यात्रा सुरु

काठमाडौं, २३ मंसिर । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साईकल यात्रा सुरु भएको छ ।

पशुपतिनाथ परिसरमा यात्रा शुभारम्भ कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले साइकल यात्राले पर्यटकीय क्षेत्रको मात्रै नभएर मुलुकको राजनीतिक, आर्थिक तथा देशभक्तिको भाव जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपाली वीरहरूले देशको रक्षाका लागि देखाएको वीरतापूर्ण संघर्षको पनि साईकल यात्राले स्मरण गराएको बताए । ८५ जना सहभागी साईकल यात्रा सिन्धुलीगढी हुँदै जनकपुरस्थित रामजानकी मन्दिरमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *