आर्थिक

कर्मचारी समायोजन अध्यादेश जारी

हिमालय टिभी
२०७५ मंसिर २३ गते १३:३३
कर्मचारी समायोजन अध्यादेश जारी

काठमाडौं, २३ मंसिर । कर्मचारी समायोजन अध्यादेश जारी भएको छ ।

मन्त्रिपरिषदले सिफारिस गरेर पठाएको ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीले अाज जारी गरेकी हुन् ।

संघीय सरकारले कर्मचारी नपठाएको भन्दै प्रदेश सरकारले व्यापक असन्तुष्टि जनाइरहेका बेला अध्यादेश जारी भएसँगै अब सरकारलाई कर्मचारी समायोजन गर्न बाटो खुलेको छ ।

सरकारले पुस मसान्तभित्र कर्मचारी समायोजन गर्ने तयारी गरेको छ । सरकारले तोकिएको कार्यक्षेत्रमा ३५ दिनभित्र नजाने कर्मचारीलाई सेवाबाट हटाउने व्यवस्थासहितको अध्यादेश राष्ट्रपति समक्ष पठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *