अन्तर्वार्ता

नेपाली मिडफिल्डर रोहित चन्दकाे टिम पर्सिजालाई इन्डोनेसिया फुटबल लिग वनकाे उपाधि

हिमालय टिभी
२०७५ मंसिर २३ गते १३:२८
नेपाली मिडफिल्डर रोहित चन्दकाे टिम पर्सिजालाई इन्डोनेसिया फुटबल लिग वनकाे उपाधि

काठमाडौं, २३ मंसिर । नेपाली मिडफिल्डर रोहित चन्दकाे टिम पर्सिजाले इन्डोनेसिया फुटबल लिग वनकाे उपाधि जितेकाे छ । लिगमा उत्कृष्ट प्रदर्शन गरेका राेहित माेस्ट भ्याल्युएवल प्लेयर समेत घाेषित भए ।

लिगको अन्तिम खेलमा मित्रा कुकरलाई दुई एकले हराउँदै लिगको शीर्ष स्थानमा रहँदै उपाधि जित्यो । पर्सिजाको जितमा सिमिसले दुई गोल गरे । पीएसएमलाई एक अंकले पछि पार्दै रोहितको टिमले उपाधि जित्याे । रोहित सार्क क्षेत्रबाट बाहिरी देशमा उपाधि जित्ने पहिलो खेलाडी फुटबल खेलाडी बनेका छन ।

यसअघि नेपाली गोलकिपर किरण चेम्जोङले विदेशी भुमिमा उपाधि जितेपछि सबै सार्क क्षेत्रकै थिए । किरणले मल्दिभ्स र भारतको आर्इ लिगको उपाधि जितेका थिए । रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन । जसमा उनले यो सिजन २१ खेल खेल्दा तीन गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्