सुनुवाइ

संसद विघटन मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, असार ९ देखि नियमित सुनुवाइ

२६ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारलाई आदेश दिएको छ । यस्तै संवैधानिक इजलासले एमिकस्क्युरी पनि मागेको छ । संवैधानिक इजलासले संसद विघटनविरुद्धका रिटमा आज प्रारम्भिक सुनुवाइपछि सरकारसँग संसद...

संसद विघटनविरुद्धको रिटमाथिको सुनुवाइ आजदेखि पुनः शुरु हुँदै

२६ जेठ २०७८ काठमाडौं । संवैधानिक इजलासमा लगातार दुई दिन स्थगित भएको प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ आजदेखि शुरु हुने भएको छ । आइतबारयता ‘हेर्दाहेर्दै’मा रहेको यो मुद्दा आजका लागि पूरक पेसी सूचीमा चढेको छ । सर्वोच्च प्रशासनका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

२५ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको...

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

२५ जेठ २०७८ काठमाडौं । मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ । प्रतिनिधिसभा विघटन गर्दै चुनाव तोकेर कामचलाउ बनेको सरकारले मन्त्रिमण्डल विस्तार गर्नु संविधानविपरीत भएको दाबीसहित हिजो रिट दायर भएको छ...

संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ पर्सिसम्मका लागि स्थगित

२४ जेठ २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा बिरामी परेपछि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ पर्सिसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि हिजोदेखि संवैधानिक...

संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइ गर्न गठित इजलासप्रति सरकारी पक्ष असन्तुष्ट

२३ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न संवैधानिक इजलास पुनर्गठन भएपछि सरकार पक्षका कानुन व्यवसायी असन्तुष्ट भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले आज वरिष्ठताका आधारमा इजलास गठन गर्नुभएको थियो । तर प्रधानमन्त्री केपी शर्मा...

संसद विघटनविरुद्ध परेका रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

२३ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी परेको रिटको आजदेखि सुनुवाइ शुरु हुने भएको छ। इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गत जेठ १८ गते आजका लागि सुनुवाइ सार्नु भएको हो । यसअघि राणासहित न्यायाधीश दीपककुमार...

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिटमा सुनुवाइ गर्न वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

२१ जेठ २०७८ काठमाडौं । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण...

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ एक सातापछि नयाँ संवैधानिक इजलासमा (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अब एक हप्तापछि नयाँ संवैधानिक इजलासमा हुने भएको छ । मुद्दाको छिनोफानो गर्न बनेको संवैधानिक इजलाशनै विवादमा परेपछि नयाँ इजलास बनाउने सहमति भएको हो । दुई जना वरिष्ठ न्यायाधीश दीपककुमार...

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सैद्धान्तिक सुनुवाइ नै शुरु भएन

१६ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सैद्धान्तिक सुनुवाइ नै शुरु नभई इजलास गठनकै विषयमा विवाद उत्पन्न भएको छ । उक्त विवादको सुनुवाइ ‘हेर्दादेहै’ मा मङ्गलबारका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार...