सरकार

एमालेको नेपाल–खनाल समूह सरकारमा सहभागी हुने संकेत (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले पनि सरकारमा सहभागी हुने संकेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भएको भेटमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारमा सहभागिताका लागि सकारात्मक संकेत दिनुभएको...

संसद र सरकारको काम प्रभावकारी बनाउन सांसदहरुको माग (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । सांसदहरुले प्रभावकारी काम गर्न पुनर्स्थापित संसद र नयाँ सरकारको गम्भीर ध्यानाकर्षण गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले सरकार र संसदले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले सरकारलाई प्रभावकारी बनाउन...

नयाँ सरकारलाई सांसद गगन थापाले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । सांसद गगन कुमार थापाले वर्तमान सरकार र संसदसँग धेरै अपेक्षाहरु रहेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले नयाँ सरकारलाई कुनैपनि प्रकारको अपराध गर्ने छुट नरहेको बताउनुभयो । संसद मनोमानी ढंगले...

अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुख फेर्ने तयारीमा सरकार

१२ साउन २०७८ काठमाडौं । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका तीन वटा प्रदेशका प्रमुख फेर्ने तयारी गरेको छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रमुख फेर्ने तयारी भएको हो । संभवत आज बस्ने मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय गर्न...

जसपाको महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

१२ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल शुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका...

विदेशमा समस्यामा परेर नेपाल फर्केका नेपालीको क्वारन्टिन खर्च सरकारले बेहोर्ने

११ साउन २०७८ काठमाडौं । डिपोर्टेशन सेन्टरमार्फत् फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरुलाई लाग्ने क्वारन्टिन खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा कानूनमन्त्री...

गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलव्ध गराउने सरकारको तयारी

११ साउन २०७८ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउने बताउनु भएको छ । आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर...

असोजदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

११ साउन २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले असोज मध्येदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने जनाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज मन्त्रालयका अधिकारीले असोज १५ को हाराहारीमा तेस्रो लहर आउन सक्ने बताएका हुन् । बैठकमा मन्त्रालयका...

यातायात व्यवसायीले सरकारलाई बुझाए सार्वजनिक सवारी साधनको साँचो

१० साउन २०७८ काठमाडौं । आफ्ना माग सम्बोधन गर्न दवाव दिँदै आएका यातायात व्यवसायीले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन् । कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका...

प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने गठबन्धनको निर्णय

९ साउन २०७८ काठमाडौं । पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा आज साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार,...