सडक

मुख्यमन्त्री पोखरेलको गृह जिल्ला दाङमै सडक निर्माणको यस्तो दुरावस्था (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङको घोराही तुल्सिपुर सडक खण्ड चार लेनको बनाउने भनिए पनि काम अघि बढ्न सकेको छैन । लमही–घोराही–तुलसीपुर सडक चारलेन बनाउने भन्दै २०७६ मंसीरदेखि काम शुरु भएको थियो...

जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

१४ साउन २०७८ गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे...

चार दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन

१२ साउन २०७८ गलेश्वर । पहिराका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सोमबार साँझदेखि सञ्चालन भएको छ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएपछि गत शुक्रबारदेखि अवरुद्ध भएको थियो । वर्षाका...

कोरोनालाई गिज्याउँदै सडकमा युवाको जुलुस ! (भिडियो रिपोर्टसहित )

९ साउन २०७८ काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्दै गएको छ । तर काठमाडौंमा भीडभाड गर्ने क्रम बढ्दो छ । यसमा राजनीतिक दल नै अघि छन् । आज निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाटै कोरोनालाई गिज्याउने गरी...

जब यातायात व्यावसायी र मजदुर सडकमा उत्रिए…(भिडियो रिपोर्टसहित)

७ साउन २०७८ काठमाडौं । आज विहान अत्यावस्यक कामका लागि निस्किएका सर्वसाधारणले सार्वजनिक यातायातका साधन पाएनन् । उता काठमाडौंको चक्रपथमा भने सवारी साधनको बाक्लो जाम थियो । सात बुँदे माग राख्दै दुई साता अघि देखि विरोधमा रहेका यातायात व्यावसायी...

शालिनता सिकाउने ओलीका कार्यकर्ताको सडकमा यस्तो अमर्यादित तमासा (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । उनीहरुले वरिष्ठ नेता माधवकुमार...

पहिराले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध

३ साउन २०७८ डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो...

बागलुङको एक्लेसाल सडक खुलाउन कसैले दिएन चासो (भिडियो रिपोर्टसहित)

२ साउन २०७८ बागलुङ । बागलुङको दक्षिणी भेग जोड्ने सडकको एक्लेसाल लगायत विभिन्न ठाउँमा पहिरो गएका कारण गाडी चल्न नसक्दा यात्रुलाई समस्या परेको छ । सडक खुलाउन कसैले पनि चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ । कालीगण्डकी करिडोरअन्तर्गतको सडक...

सर्वोच्च अदालतको आदेशविरुद्ध एमालेको ओली समूह सडकमा

२८ असार २०७८ काठमाडौं । विपक्षी गठबन्धनले अदालतको आदेशको स्वागत गरिरहँदा नेकपा एमालेको संस्थापन पक्ष भने विरोधमा उत्रिएको छ । एमाले नेता महेश बस्नेतको नेतृत्वमा एमाले कार्यकर्ता सडकमा उत्रेका छन । माईतीघरमा अहिले प्रदर्शन भैरहेको छ । अदालतको फैसला...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२८ असार २०७८ मुग्लिन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो...