वीरगञ्ज

वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको १४ वर्षीया बालिकाको शव प्रहरीको नियन्त्रणमा

२२ असोज २०७८ पर्सा । वीरगञ्जमा दाहसंस्कार गर्न लागिएको १४ वर्षीया एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कारपछि अत्यधिक रक्तश्राव भएको र उपचारका क्रममा बालिकाको मृत्यु भएपछि आफन्तले दाहसंस्कार गर्न लागेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।...

डेढ वर्षपछि वीरगञ्ज नाकाबाट भारतीय निजी सवारी साधन प्रवेश (भिडियो रिपोर्टसहित)

१५ असोज २०७८ पर्सा । डेढ वर्षपछि वीरगञ्ज–रक्सौल सीमा नाकाबाट भारतीय निजी सवारी साधन सञ्चालनमा आएका छन् । मन्त्रिपरिषद्को निर्णयपछि आजदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनलाई यात्रुसहित नेपाल प्रवेश दिइएको हो । यात्रुहरुको एन्टिजेन परीक्षण गरेर नेपाल प्रवेश...

हल्दिया बन्दरगाहबाट वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहसम्म रेल सेवा शुरु (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ वीरगञ्ज । वीरगञ्जको सुख्खा बन्दरगाहमा भारतीय निजी कम्पनीले रेलमार्फत सामान ढुवानी शुरु गरेको छ । नेपालका लागि भारतीय रेल कम्पनी हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहसम्म सेवा शुरु गरेको हो । हिन्द टर्मिनलको पहिलो...

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गाे रेल

३० भदौ २०७८ पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको...

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने

२२ जेठ २०७८ पर्सा । वीरगञ्ज महानगरपालिकाले आगामी असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै ८ देखि १२ कक्षाको पठन पाठन सञ्चालन गर्न लागेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर...

पर्साको वीरगञ्जमा गरिएको परीक्षणमा थप १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि

१७ वैशाख २०७८ पर्सा । पर्साको वीरगञ्जमा गरिएको परीक्षणका क्रममा थप १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितमध्ये ४४...

वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ५७ सहित ७८ जनामा कोरोना पुष्टि

१० वैशाख २०७८ बागलुङ । वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका ५७ सहित ७८ जना कोरोना संक्रमित थपिएका छन् । प्रयोगशालामा १ सय ३८ वटा स्वाबका नमूना परीक्षण गर्दा पर्साका ५७, बाराका १८, सर्लाहीका २ र धनुषाका १ जनामा संक्रमण पुष्टि...

वीरगञ्जमा दुई, अछाम र चितवनमा एकएक जना कोरोना संक्रमितको मृत्यु

९ वैशाख २०७८ काठमाडौं । पछिल्लो समय वीरगञ्जमा दुई, अछाममा एक र चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । वीरगञ्ज– १६ का ६१ वर्षीया महिला र १९ का...

कोरोना संक्रमणबाट हेटौँडा र वीरगञ्ज एकएक जनाको मृत्यु

८ वैशाख २०७८ बागमती । मकवानपुर जिल्लाको हेटौँडामा कोरोना सङ्क्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ । कोरोना पृष्टि भएको हेटौँडा उपमहानगरपालिका–४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयोे । कोरोना...

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

२६ फागुन २०७७ वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो । भन्सारमा आइपुगेको उक्त...