मेलम्ची

मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

१९ साउन २०७८ काठमाडौं । मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको...

मेलम्चीले फेरि बगायो सात घर

१९ साउन २०७८ सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक...

मेलम्चीमा बाढीको असर : काठमाडौंको प्यास मेटाउने खानेपानी आयोजना नै धरापमा (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । लेदोसहितको बाढीले क्षति गरेपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको छ । आयोजनामा अहिलेसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मेलम्चीको पानी सुरङमार्फत काठमाडौं ल्याएर केही दिन परीक्षणका रुपमा वितरण गरे पनि बाढीले मुहानमा...

मेलम्ची बाढी पीडितलाई सुरक्षित बसोबाससहितको राहत दिन निर्देशन

१८ साउन २०७८ काठमाडौं । संसदीय समितिले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीका कारण विस्थापित भएकालाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । विकास तथा प्रविधि समितिको आजको बैठकले बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी...

मेलम्चीमा किन यसरी बारम्बार बाढी आइरहेको छ ? यस्तो रहेछ कारण (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । असार १ गते बाढीले ध्वस्त बनाएको सिन्धुपाल्चको मेलम्ची खोला आसपासका बस्तिमा फेरि त्रास छ । लेदोसहितको बाढीले यसअघि बचेका संरचना पनि बगाएको छ । मेलम्चीमा किन यसरी बारम्बार बाढी आइरहेको छ ? थाहा पाउन...

प्रत्यक्षदर्शीको बयान : मेलम्चीको मुहानमा पुगेर फर्केकाले कस्तो देखे पहिरो ? (भिडियो कुराकानीसहित)

१७ साउन २०७८ काठमाडौं । मेलम्चीमा बाढी कसरी आयो भनेर बुझ्न हेलम्बु गाउँपालिकाका अध्यक्षसहित हेलम्बु र मेलम्चीका जनप्रतिनिधि आज हेलिकोप्टरबाट मुहान क्षेत्रमा पुगे । त्यो टोलीले के देख्यो र मेलम्चीमा बाढीको खतरा के कस्तो छ । त्यसबारेमा बताउँदै हुनुहुन्...

मेलम्चीको मुहानमा यसरी भीषण पहिरो जाँदै, बस्ती सार्न अध्यक्ष शेर्पाको माग (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि बाढीले क्षति गरेको छ । गएरातीदेखि आएको लेदोसहितको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घरटहरा बगाएको छ । बाढीले ९ वटा पक्की र ८ वटा कच्ची घर बगाएको जिल्ला...

मेलम्चीमा पुनः बाढी, ढल्यो रेडियो मेलम्चीको भवन

१७ साउन २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । गएराती काठ, दाउरा, ठूला ढुंगा...

मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग

११ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर...

मेलम्चीबासी भन्छन्, ‘चिउरा, चामल होइन घर बनाउने सहयोग चाहियो’

३१ असार २०७८ मेलम्ची । “एक बोरा चिउरा वा चामलले मात्रै हामीलाई केही राहत हुदैन”, मेलम्ची–११ का बाढीपीडित तासी लामा भन्नुहुन्छ, “हामीलाई आफ्नै ठाउँमा पहिले जसरी बस्न दीर्घकालीन बसोबासको व्यवस्था सरकारले गर्नुपर्छ ।” यही असार १ गते आएको बाढीका...