पुलिस क्लब

पुलिस क्लबलाई मेयर्स कप क्रिकेटको उपाधि, एपीएफ ८ विकेटले पराजित

२९ फागुन २०७७ काठमाडौं । एपीएफलाई हराउँदै नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा आज भएको फाइनलमा पुलिससँग एपीएफ ८ विकेटको फराकिलो अन्तरले पराजित भयो ।...

मेयर्स कप पुरुष क्रिकेट पुलिस क्लब फाइनलमा

२६ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर्स–११ माथि १ सय ३ रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले...

महिला लीग फूटबलमा चारपटकको विजेता पुलिस क्लब विराटनगर महानगरसँग स्तब्ध

२१ माघ २०७७ काठमाडौं। राष्ट्रिय महिला लीग फूटबलमा चारपटकको विजेता नेपाल पुलिस क्लब विराटनगर महानगरसँग आज स्तव्ध भएको छ । एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले पुलिस क्लबलाई १–० गोल अन्तरले हराएको हो । जीतसँगै विराटनगर...

चन्द्रपुर नगरपालिकालाई ३–१ ले हराउँदै पुलिस क्लब महिला लीगको दोस्रो स्थानमा उक्लियो

१८ माघ २०७७ काठमाडौं । चन्द्रपुर नगरपालिका रौतहटलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय महिला लीग फूटबलको दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको एक मात्र खेलमा चन्द्रपुरलाई ३–१ गोलले हराउँदै पुलिसले ३ अंक जोडेको हो...